‘रअ’ का प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेदेखि दशैंमा शक्तिपिठहरुमा नित्यपूजा मात्रै हुनेसम्म (भिडियोसहित)

‘रअ’ का प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेदेखि दशैंमा शक्तिपिठहरुमा नित्यपूजा मात्रै हुनेसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु मध्ये भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सुटुक्क काठमाडौं आएका गोयल र प्रधानमन्त्री ओलीबीचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

भिडियो :

विगतमा वर्षहरुमा दशैंमा हजारौ पशुपंक्षीको बलि दिने गरिन्थ्यो । तर, यसपटक भने शक्तिपिठहरुमा नित्यपूजा मात्रै हुने भएको छ । कतिपय ठाउँमा केही मात्रामा बलि दिइएपनि धेरैजसो ठाउँमा भने कुभिण्डो र नरिवल चढाइने भएको छ ।

ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका बन्यजन्तुलार्ई खाना खुवाउन समस्या भएको छ । कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएपछि आर्थिक समस्या परेको हो । चिडियाखानालाई आज ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशनको काम सम्पन्न भएको छ । उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ । नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ ।

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मेदवार बनेका जोसेफ आर. बाइडेन जुनियर तथा उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिसको अपहरण तथा हत्या गर्ने धम्की दिएको आरोपमा अमेरिकामा एक पुरूष पक्राउ परेका छन् । खुफिया निकायले उनी विरूद्ध बुधबार मुद्धा दायर गरेका छन् ।

Logo