देशका सबै विद्यालयमा ‘नेपाल स्काउट’ अनिवार्य पुग्छ:मन्त्री दावा तामाङ

देशका सबै विद्यालयमा ‘नेपाल स्काउट’ अनिवार्य पुग्छ:मन्त्री दावा तामाङ


नुवाकोटको ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय केन्द्रमा ६ दिने ‘रोभर रेन्जर’ आधारभूत  तालिम शनिबार सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल स्काउटको संयुक्त पहलमा सातै प्रदेशका स्काउटका सदस्यहरुको सहभागितामा ६ दिन पाँच रातसम्म सञ्चालन गरिएको उक्त तालिम शनिबार युवा तथा खेलकुद मन्त्री दावा तामाङको प्रमुख आथित्यतामा समापन गरिएको हो ।

नेपाल स्काउटद्वारा सञ्चालन गरिएको रोभर रेन्जर आधारभूत तालिममा सात प्रदेशबाट १ सय ९२ जना पशिक्षार्थी सहभागी थिए । यस्तै ती प्रशिक्षार्थीहरूलाई २० जना प्रशिक्षकहरूले प्रशिक्षण दिएको कोर्ष लिडर देवराज घिमिरले जानकारी दिए ।

१६ देखि २५ वर्षसम्मका युवाहरूलाई व्यापक रूपमा स्काउटिङ अभियानमा आवद्ध गराई उनीहरुको सर्वपक्षीय विकास गराउन तथा, राष्ट्र निर्माणमा सक्रिय रूपमा संलग्न गराउने उद्देश्यसहित उक्त तालिमको आयोजना गरिएको नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकवहादुर भण्डारीले बताए । उनका अनुसार यस पटकको ‘रोभर रेन्जर’ आधारभूत तालिम देशभरका विद्यालय तहका बालबालिकाहरूलाई प्रशिक्षण दिन सक्ने प्रशिक्षार्थी तयार बनाउनका लागि आयोजना गरिएको हो ।

स्काउटले बालबालिका तथा युवाहरुलाई स्काउटिङ् तथा गाइडिङ गर्दै अनुशासनसहितको समाजसेवाका लागि तयार बनाउनका साथै जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ । सोही अनुरुप यस पटकपनि देशभरका स्काउटहरूको उपस्थितिमा उक्त तालिम समापन गरिएको हो । 

समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दावा तामाङले बालबालिका तथा युवाहरुलाई सचेत नागरिक बनाउन तथा उनीहरुको मानसिक र संवेगात्मक विकास गर्नका लागि यस्ता तालिम महत्वपूर्ण हुने बताए । उनले स्काउटले प्रवाह गर्ने यस किसिमका तालिमहरुले बालबालिका तथा युवाहरुमा सकारात्मक भावनाको विकास गराउनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा युवाहरूको सक्षमता वृद्धीमा सहयोग पुग्ने पनि बताए । 

नेपाल स्काउट र नेपाल सरकारको संयुक्त पहलमा देशभरका ७ सय  ५३ वटै स्थानिय तहका विद्यालयहरुमा अनिर्वाय स्काउटको व्यवस्था गर्ने कानुनी व्यवस्था गर्ने तयारी गरिरहेको र यसका लागि शिक्षा मन्त्रालयसँग युवा तथा खेलकुद मन्त्रालयको समन्य भइरहेको समेत जानकारी दिए ।

यता, प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभाकारी भएको र नेपाल स्काउटको यो प्रयासले शार्थकता पाउनेमा विश्वास व्यक्त गरे ।

 

Logo