प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (बिहीबार) बिहान छलफल गरेका छन्।

छलफलमा सातै प्रदेशमा मुख्यमन्त्री सहभागी थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए।

बैठकमा आगामी बजेट, नीति तथा कार्यक्रम, अन्तर प्रदेश परिषद् बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।

प्रकाशित: २१ चैत्र २०७५ १०:२७ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी