‘ओलीको पार्टीमा प्रजातान्त्रिक संस्कार नै छैन’ : शेरबहादुर देउवा (भिडियाेसहित)

‘ओलीको पार्टीमा प्रजातान्त्रिक संस्कार नै छैन’ : शेरबहादुर देउवा (भिडियाेसहित)


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नु पर्ने बेला भएको बताएका छन्। 

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन्। कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए।

उनले भने, –‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिष्ट एकदलिय सर्वसत्तावाद लागू गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नु पर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी नेपालमा, त्यो नेपाली कांग्रेस हो । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए। नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै उनले परिस्थिति आइपर्यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । 

सभापति देउवाले नेपाली कांग्रेस पार्टीभित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए। महिला मतदातालाई नेपाली कांग्रेस पार्टीमा आकर्षित गराउनु पर्नेमा सभापति देउवाले जोड दिए ।

Logo