‘ओलीलाई अझै प्रधानमन्त्रीमै राखिराख्ने हो भने हामीलाई इतिहासले धिकार्छ’: बाबुराम भट्टराई

‘ओलीलाई अझै प्रधानमन्त्रीमै राखिराख्ने हो भने हामीलाई इतिहासले धिकार्छ’: बाबुराम भट्टराई


पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न नसके इतिहासले माफी नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै भट्टराईले ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गरिरहेको आरोप लगाए। भट्टराईको आशय ओली तानाशाहको बाटोमा अघि बढेका छन् । 

उनले लेखेका छन् ,

'राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र, संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है ।'

Logo