माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय समितिको निर्णय

माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय समितिको निर्णय


आज बसेको नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ । 

नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो । साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ। बैठकले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। 

नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला गर्ने र सरकार तथा पार्टीको विरुद्धमा लाग्नेहरुलाई पार्टीको विधान र नियम अनुसार कारवाही गर्ने निर्णय गरेको छ। बैठकमा संसदीय दलको संशोधित विधान पनि पारित भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो। 

1
एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए। उनले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिए। 

यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक तथा राष्ट्रियसभाका सचेतक र दलको प्रनिनिधि मनोनीत गर्ने व्यवस्था गरेको छ । यस्तै उनका अनुसार बैठकले चैत ५ गते गरेको प्रस्तावका आधारमा २४ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको छ। 

बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य तथा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुर्याल, खिमलाल भट्टराई, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारीलगायत रहेका छन्। 

दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला राई पौडेल रहेको कार्यदल गठन गरेको थियो। सो बैठकमा एमाले नेता बामदेव गौतम र माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेलसमेत सहभागी थिए।

पार्टीभित्र विवाद बढ्दै गएकाले ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्। सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको एमालेले जनाएको छ। संसदीय दलको बैठक बिहीबार पनि बसेको थियो। सो बैठकमा नेपाल खनाल समूह भने उपस्थित भएका थिएनन्।

Logo