1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार गम्भीर छः मन्त्री तुम्बाहाङ्फे

1
1
1
1
1
1
1
1

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भीर रहेको स्पष्ट पारेकी छिन् । 

बिहीबार काठमाडौँको कीर्तिपुरस्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले भूमि नभएकाहरुलाई भूमिको व्यवस्था गरिने बताएकी हुन् । संविधानले नै भूमिबिहीनहरुलाई भूमि उपलब्ध गराउने भनेकोले सोही अनुसार नै नियम कानूनहरु बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने कार्यलाई अगाडि बढाएको बताइन् । अहिले भूमि सम्बन्धि समस्या समाधान आयोग गठन गरेर ७७ वटै जिल्लामा सुकुम्बासीहरुलाई जमीन दिने कामलाई तिब्रता दिइएको मन्त्री तुम्बाहाङ्फेको जिकिर छ ।

कीर्तिपुर पाँगा बालकुमारी गाउँ ब्लकमा जम्मा ५ सय ६७ कित्ता जग्गामध्ये ५६ कित्ता सरकारी सार्वजनिक र ५ सय ११ कित्ता व्यक्तिको नाममा छुट्टिएको छ । जसमध्ये अहिले ३ सय ८ कित्ता व्यक्तिको र ५६ कित्ता नेपाल सरकारको नाममा दर्ता गरी ६४ प्रतिशत दर्ता कार्य सम्पन्न भइसकेको छ । पाँगा बालकुमारी क्षेत्रमा ३ दशमलव ४ हेक्टर अर्थात ६६ रोपनी १२ आना १ पैसा २ दाम जमीन रहेको छ । यस क्षेत्रमा २०२१/२२ सालमा एकसरो नापीबाट नापनक्सा गर्न छुटेको थियो । यो गाउँ ब्लकको चारैतिरको नक्सालाई भिडाउँदा बस्तीका रुपमा २०७२ सालमा पाँगा बालकुमारीमा नापनक्सा भएको थियो । २०७४/०७५ मा नक्सा श्रेष्ता तयार गरी दर्ता प्रक्रियामा गएको र २०७५ असोज २१ गते ७ दिने सूचना र २०७५ पुष १५ गते २१ दिने सूचना जारी गरिएपछि २०७७ माघ ७ गते गाउँ ब्लक सम्बन्धि निर्देशिका जारी भएको थियो । त्यसपछि २०७७ माघ १५ देखि व्यक्तिको नाममा जग्गा नामसारी गर्ने कार्य सुरु भएको थियो ।

प्रकाशित: १३ चैत २०७७ ११:३३ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी