प्रदेश १ को मन्त्रिमण्डल पुनर्गठन, नयाँ मन्त्रीहरुको शपथ आजै

प्रदेश १ को मन्त्रिमण्डल पुनर्गठन, नयाँ मन्त्रीहरुको शपथ आजै


प्रदेश १ को मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। 

नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टंक आङ्बुहाङले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी  पाएका छन् । यस्तै उषाकला राईले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएकी छिन् । अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन् । यस्तै राम रानाले कृषि मन्त्रीको जिम्मेवारी पाएका छन्। यसैगरि कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री बनेका छन्। नव नियुक्त मन्त्रीहरूको शपथ आजै हुने तय भएको छ ।

यस अघि एमालेका माधव नेपालसमूहका सांसद र माओवादीका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने समूहका केही मन्त्रीहरुलाई बर्खास्त गरेका मुख्यमन्त्री राईले आज मन्त्रिपरिषद्  पुनर्गठन गरेका हुन्। 

सर्वोच्च अदालतले नेकपा एकतालाई अवैध ठहर गरेपछि प्रदेश १ मा मुख्यमन्त्री राईको सरकार बलियो भएको छ । 

Logo