पार्टी एकतालाई केपी ओलीले ध्यान दिएनन् : खनाल

पार्टी एकतालाई केपी ओलीले ध्यान दिएनन् : खनाल


नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् ।

झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिए पनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।

उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए । एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिए ।

उनले अदालतको गरेको फैसला स्र्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताए ।

Logo