नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने

नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने


नेकपा (एमाले) नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने भएको छ। 

शुक्रबार बसेको स्थायी समितिको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा गर्ने निर्णय गरेको थियो।

शुक्रबारको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ पुर्याउने निर्णय पनि गरेको थियो। 

बैठकले पार्टी उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको पनि विरोध गरेको छ। 

सो बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निष्कर्ष निकालेको छ। 

Logo