अब छिट्टै देशले नयाँ सरकार पाउँछ : प्रचण्ड

अब छिट्टै देशले नयाँ सरकार पाउँछ : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशले छिट्टै नयाँ सरकार पाउने बताएका छन्। कपिलवस्तुमा  शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको पनि बताए । 

प्रचण्डले शुक्रबारदेखि देशको राजनीतिक घटनाक्रम फेरिएको दाबी गरे। उनले काठमाडौं फर्किएर नयाँ सरकार गठनका विषयमा छलफल गर्ने पनि बताएका छन्। 

Logo