खेलकुल मैदानकाे निहुँमा बालुवा निकाल्ने काम तत्काल बन्द गरिनुपर्छ : प्रेम सुवाल

खेलकुल मैदानकाे निहुँमा बालुवा निकाल्ने काम तत्काल बन्द गरिनुपर्छ : प्रेम सुवाल


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्न लागेको खेलकुद मैदानको बालुवा निकाल्ने काम तत्काल बन्द गराउन आग्रह गरेका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वसम्पदा सूचिभित्र रहेको चाँगुनारायण मन्दिर र त्यहाँको बस्ती जोखिम पार्ने गरी स्काभेटर लगाएर २० फिटभन्दा तलको बालुवा निकाल्न लगाउन चाँगुनारायण नगरपालिकाको कमजोरी भएको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताएका हुन् । 

त्यहाँको माटो र बालुवा निकाल्ने काम बन्द गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले दिएको निर्देशनको अवज्ञा गर्दै हालसम्म पनि निरन्तरता दिइएको उनले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले त्यहाँसँगै अन्य क्षेत्रमा पनि खेलकुद मैदानका नाममा दोहन गरिरहेको उनको आरोप छ । 

Logo