जोशीको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको छ : नेता पौडेल

जोशीको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको छ : नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३ औं पूण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदयीमान नेताको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको बताएका हुन् । 

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्रीक आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आएको कुरा समेत वरिष्ठ नेता पौडेलले स्मरण गराए । अनुचित किसिमका सम्झौता जतिसुकै दबाव परेपनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतिक नवीन्द्रराज जोशी रहेको पनि वरिष्ठ नेता पौडेलले बताए । 

Logo