प्रतिनिधिसभाको बैठक चैत ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत ३० गतेसम्मका लागि स्थगित


प्रतिनिधिसभाको आजको बैठक सकिएको छ। अर्को बैठक चैत ३० गते बस्ने गरि आजको बैठक सकिएको हो। आजको बैठक निर्धारित समय भन्दा आधाघण्टा ढिलो सुरु भएको थियो। 

आजको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक पेश गर्ने सम्भावित कार्यसूची तय गरिए पनि अन्तिम समयमा आएर हटाइएको थियो।

यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश भए।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले शून्य समय र विशेष समयमा आफ्ना विचारहरु राखेका थिए। 

यस अघि चैत २३ गते पनि प्रतिनिधिसभाको बैठक बसेको थियो।

Logo