पत्रकार महासंघ काठमाडौं शाखामा सूर्य सुवेदी विजयी

पत्रकार महासंघ काठमाडौं शाखामा सूर्य सुवेदी विजयी


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् ।

सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरे । उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष (खुल्ला) मा रामचन्द्र दुलाल ४६२ मत प्राप्त गरेर विजयी भएका छन्।

उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । यसैगरि सचिवमा महेश्वर गौतमले ४३३ मत प्राप्त गरेर विजयी भएका छन् । 

सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भए। उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् । काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।

Logo