देशले फेरि लकडाउन धान्‍न नसक्ने भन्दै कांग्रेसले सरकारलाई दियो ८ बुँदे सुझाव

देशले फेरि लकडाउन धान्‍न नसक्ने भन्दै कांग्रेसले सरकारलाई दियो ८ बुँदे सुझाव


नेपाली कांग्रेसले कोरोनाको दोस्रो लहर रोक्न सरकारलाई ८ बुँदे सुझाव दिएको छ। सहमहामन्त्री प्रशाशशरण महतले आज एक विज्ञप्ति जारी गर्दै लकडाउन नगर्न र सर्तकता अपनाउन सरकारलाई आग्रह गरेका हुन्। 

कांग्रेसको कोभिड १९ अनुगमन समितिका संयोजक महतले अब फेरि मुलुकले लकडाउन धान्‍न नसक्ने भन्दै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका हुन्। 

‘देशले फेरि लकडाउनको अवस्था धान्‍न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसको कोभिड अनुगमन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विश्‍वका देशहरूमा देखिएका कोभिड १९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासिन भएको कांग्रेसले आरोप लगाएको छ।

Logo