सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन : प्रधानमन्त्री

सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन् । नयाँ वर्ष ०७८ को अवसरमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट शुभकामना दिंदै उनले सरकारको चाहना लकडाउन नभएको बताएका हुन्। 

आर्थिक रुपमा देश समृद्धितिर गएको उल्लेख गर्दै प्रधानमन्त्रीले दैनिक ५ किलोमिटर सडक निर्माण भइरहेको बताए । उनले सडक बालबालिकामुक्त अभियान सुरु गरिएको भन्दै सामाजिक विकृति र विसंगति रोक्न सरकारले कडा कानुन ल्याएको उल्लेख गरेका छन्।

अर्को प्रसंगमा उनले मुद्दा जितेर फर्काएको संसद्ले काम गर्न नसकेको बताए । आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता भएको उनको भनाइ थियो । नयाँ वर्षमा सरकारले नयाँ नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताउँदै उनले 'मेरो कित्ता' कार्यक्रम आजै सुरु गर्ने जानकारी दिए। 

Logo