महामारीका बीच पनि वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री

महामारीका बीच पनि वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन्।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको, नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए। सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरेका छन् ।

सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन 

यस्तै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन् । उनले सरकारको चाहना लकडाउन नभएको बताएका हुन् । 

आर्थिक रुपमा देश समृद्धितिर गएको उल्लेख गर्दै प्रधानमन्त्रीले दैनिक ५ किलोमिटर सडक निर्माण भइरहेको बताए । उनले सडक बालबालिकामुक्त अभियान सुरु गरिएको भन्दै सामाजिक विकृति र विसंगति रोक्न सरकारले कडा कानुन ल्याएको उल्लेख गरेका छन्।

अर्को प्रसंगमा उनले मुद्दा जितेर फर्काएको संसद्ले काम गर्न नसकेको पनि बताए । आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता भएको उनको भनाइ थियो । नयाँ वर्षमा सरकारले नयाँ नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताउँदै उनले मेरो कित्ता कार्यक्रम आजै सुरु गर्ने जानकारी दिए। उनले आगामी दिनमा सरकार नयाँ ढंगले अघि बढ्ने पनि बताए ।

Logo