कर्णाली प्रदेशका ५ सांसदलाई एमालेले कारबाही गर्ने

कर्णाली प्रदेशका ५ सांसदलाई एमालेले कारबाही गर्ने


कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने पाँचजना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ। 

शाही नेतृत्वको सरकारका पक्षमा मतदान गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई एमालेले कारबाही गर्ने भएको हो। सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा उभिएर पनि फिर्ता गरेकी थिइन्।

उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने एमालेले जनाएको छ । 

शाहीको पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। 

Logo