ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चद्वारा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम

ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चद्वारा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम


ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले आज नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। 

राजधानीको धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथी संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका थिए ।

सोही कार्यक्रममा प्रदेश नं. १ का अर्थमामिला मन्त्री टंक आम्बुहाङलाई बधाई तथा सम्मान गरिएको ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिङमा कामी शेर्पाले जानकारी दिए। 

Logo