नीति र एजेण्डा कांग्रेसको नयाँ नेतृत्व चयनको आधार : नेतृ सङ्ग्रौला

नीति र एजेण्डा कांग्रेसको नयाँ नेतृत्व चयनको आधार : नेतृ सङ्ग्रौला


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताएकी छिन्।

नेपाल प्रेस युनियन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता र संरक्षणमा प्रतिबद्ध रहेको पार्टी भएकाले नीति र एजेण्डामा केन्द्रित रहेर महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएकी हुन्। 

प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेता सङ्ग्रौलाले कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको उल्लेख गर्दै नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट सुरु भएको दावी गरिन्। कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा खोप लगाउने कार्यप्रति सरकार जिम्मेवार बन्न नसकेको आरोप पनि उनले लगाइन्।रासस

Logo