कर्णालीका नवनियुक्त ३ मन्त्रीले लिए सपथ

कर्णालीका नवनियुक्त ३ मन्त्रीले लिए सपथ


कर्णाली प्रदेशका ३ नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । माओवादीबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएकाे विश्वासकाे मतमा फ्लोर क्रस गरेका नेकपा एमालेनिकटका ३ मन्त्रीहरूलाई आज पद तथा गोपनियताकाे शपथ खुवाइएकाे हाे । 

मुख्यमन्त्रीले लिएकाे विश्वासकाे मतमा फ्लोर क्रस गरेका तीन जना मन्त्रीहरू नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीले आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शुक्रबार विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिलाउने चारजना सांसद्‍मध्ये तीनजनालाई मन्त्री बनाएका हुन् । बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा यथावत् राखिएको छ । उनलाई शनिवार कृषि मन्त्रालयम नियुक्त गरिएको भनिए पनि आईतबार दिउँसो प्रदेश प्रमुखलाई शपथग्रहणको लागि पत्र पठाउँदा पुरानै मन्त्रालयमा नियुक्त गरिएको जानकारी गराइएको थियो ।

कुर्मराज शाहीलाई मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् । उनलाई शनिबार उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको भनिएको थियो ।

शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिन भनी प्रस्ताव गरेकोमा नन्दसिंह बुढा, अमरसिंह थापा, कुर्मराज शाही र प्रकाश ज्वालाले फ्लोर क्रस गरेका थिए ।

Logo