दिउँसो अविश्वासको प्रस्तावमा हस्ताक्षर, साँझ मन्त्री!

दिउँसो अविश्वासको प्रस्तावमा हस्ताक्षर, साँझ मन्त्री!


लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यहरू मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा लागेका छन्।  

आजै उनीहरूले मन्त्री पदको सपथ लिने मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।  

आजै दिउँसो माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जानकारी दिएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका प्रदेशसभा सदस्य पोखरेलविरुद्ध उभिएका थिए ।  नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरि कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदको हस्ताक्षर छ ।  तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजयकुमार यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गर्ने भएका छन् । उनीहरुलाई समेटेर मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल गठन गर्ने बताइएको छ। 

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् । एमालेको माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ नगरे पोखरेलविरुद्ध अविश्वास प्रस्तावको पक्षमा सांसद संख्या पुग्ने छैन्, र उनी पाँच वर्षकै लागि मुख्यमन्त्री रहनेछन्। 

Logo