२० मंसिर २०७८ सोमबार

विप्लव समूहका पूर्व गण्डक ब्यूरो इञ्चार्ज नेकपामा प्रवेश

बेनी । नेत्र विक्रम चन्द (विप्लव) समूह निकट विद्यार्थी संगठनका एक नेता सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । बेनी नगरपालिका २ भकुण्डेका विप्लव निकट अखिल क्रान्तिकारीको पूर्व गण्डक ब्यूरो इञ्चार्ज प्रकाश विश्वकर्मा पार्टी परित्याग गरेर सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।

विप्लव समूहबाट यसअघि नै अलग्गिएको बताउँदै उनले सो समूहको कुनै पनि गतिविधिमा संलग्न नहुने र सत्ताधारी नेकपामा आवद्ध हुने विज्ञप्तीमार्फत जनाएका छन्।

प्रहरीको खोजीको सूचिमा रहेका विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, प्रहरी निरीक्षक ध्रुवकुमार शर्मा, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जिसी, युवा नेता दिनेश केसी र पत्रकारको रोहबरमा सार्वजनिक भएका थिए।

विश्वकर्मालाई एनसेलको टावरमा आगजनीलगायत विप्लव समूहको गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो । सरकारले गतिविधि गर्न प्रतिबन्ध लगाएपछि म्याग्दीमा विप्लव समूहका नेता तथा कार्यकर्ता राजिनामा दिने र सत्ताधारी नेकपामा प्रवेश गर्न थालेका छन्।

प्रकाशित: १० बैशाख २०७६ १४:१० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी