नेपाल समूहले पार्टी जोगाउन ‘ओलीको भण्डाफोर’ अभियान चलाउने

नेपाल समूहले पार्टी जोगाउन ‘ओलीको भण्डाफोर’ अभियान चलाउने


एमालेको माधव नेपाल समूहले पार्टी जोगाउन ‘ओलीको भण्डाफोर’ गर्ने निर्णय गरेको छ। यस समूहले ओलीले निर्वाचित सांसदहरूलाई कुनै आधारबिना मनपरी ढंगले स्पष्टीकरण सोधिएको निस्कर्ष निकाल्दै ‘ओलीको भण्डाफोर’गर्ने निर्णय गरेको हो। साथै बैठकले ओलीका क्रियाकलापबारे सार्वजनिकरूपमा बाहिर बोल्ने र स्पष्टीकरण नदिने पनि निर्णय गरेको छ।

नेकपा (एमाले) ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लंघन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो। 

त्यस लगत्तै स्पष्टीकरण सोधिनेमा परेका सांसद र बरिष्ठ नेताद्वय नेपाल र खनालबीच आजै बानेश्वरमा छलफल भएको थियो। सो छलफलपछि यस्तो निर्णय निकालिएको हो।

Logo