बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी, के होला निर्णय?

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी, के होला निर्णय?


आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको हो।

आजको बैठकमा १४औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

यस अघि सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको थियो । 

साथै कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार निर्माण गर्न पहल गर्ने पनि निर्णय गरिसकेको छ।

Logo