ओली र नेपालबीच आज पनि ‘वान टु वान’ वार्ता

ओली र नेपालबीच आज पनि ‘वान टु वान’ वार्ता


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि ‘वान टु वान’ वार्ताको तयारी गरिएको छ।

पुस ५ गतेपछि तिक्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ पनि एक्लाएक्लै २ घण्टा छलफल भएको थियो। उक्त भेटवार्तालाई एमालेभित्र निकै चासोपूर्ण तरिकाले हेरिएको छ। दुई नेताबीचको सम्बन्ध सुधार हुने र लगभग फुटको संघारमा पुगेको एमाले पुनः एकतावद्ध हुने विश्वास कार्यकर्तापंक्तिले लिएका छन् ।  

बुधबारको बैठकमा दुवै नेताबीच बिहीबार फेरि भेटवार्ता गर्ने समझदारी भएअनुसार आज २ बजे नागपोखरीस्थित होटल मेरियटमै भेट हुन लागेको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले केन्द्रबिन्दुलाई जानकारी दिए । 

बुधबारको भेटपछि दुवै नेताले सो दुईघण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट पारेका छैनन्।

Logo