ओली-नेपालबीच ‘वान टु वान’ वार्ता सुरु

ओली-नेपालबीच ‘वान टु वान’ वार्ता सुरु


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि ‘वान टु वान’ वार्ता नागपोखरीस्थित होटल मेरियटमा सुरु भएको छ। 

प्रतिनिधिसभा विघटनपछि तिक्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ पनि एक्लाएक्लै २ घण्टा छलफल भएको थियो। उक्त भेटवार्तालाई विशेषगरि एमालेभित्र निकै चासोपूर्ण तरिकाले हेरिएको छ। दुई नेताबीचको सम्बन्ध सुधार हुने र लगभग फुटको संघारमा पुगेको एमाले पुनः एकतावद्ध हुने विश्वास कार्यकर्तापंक्तिले लिएका छन्।
 
बुधबारको बैठकमा दुवै नेताबीच बिहीबार फेरि भेटवार्ता गर्ने समझदारी भएअनुसार दिउँसो २ बजेदेखि वार्ता सुरु भएको हो।

बुधबारको भेटपछि दुवै नेताले सो दुईघण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट पारेका छैनन्।

तस्वीर: सूर्य थापाको ट्वीटरबाट

Logo