कोरोना नियन्त्रण प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन

कोरोना नियन्त्रण प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन


कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले आज विहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरि सरकारले हालसम्म चालेका कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेका हुन्।

सामाजिक विकास मन्त्री नवल किशोर शाहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत शाह र जसपाका सचेतक परमेश्वर शाह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन्।

त्यसैगरि बैठकले २५ जना भन्दा बढी सहभागी हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाईका लागि रोक्ने निर्णयसमेत गरेको छ।

Logo