‘आइसियुबाट सांसद शाहीको पत्र: म बिरामी नै हुँ, भ्रम नछरौं’

‘आइसियुबाट सांसद शाहीको पत्र: म बिरामी नै हुँ, भ्रम नछरौं’


राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अकस्मात् बिरामी भएकाले उपचाररत रहेको भन्दै आएका समाचारहरू भ्रमपूर्ण रहेको बताएका छन्।

ती समाचारहरूको आधारमा विचार र धारणा नबनाउन उनको आग्रह छ।

अकस्मात् बिरामी परेपछि अस्पताल पुगेको र बेहोस भएको उनले स्पष्ट पारेका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे बुधबार मतदान हुने कार्यसूची रहँदा सांसद शाही बैठकमा उपस्थित भएका थिएनन्। 

त्यसपछि खोजी गर्ने क्रममा चिरक अस्पतालमा देखिएपछि उनलाई सत्तारुढ दल एमालेले अपहरण गरेको र सम्पर्कविहीन बनाएको चर्चा चलिरहँदा सांसद शाहीको अभिव्यक्ति सार्वजनिक भएको हो।

उनले स्वस्थ भएपछि उठेका प्रश्नहरूको जवाफ दिने पनि बताएका छन्।

अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टी संसदीय दलको निर्णय भएको भन्दै निर्णयअनुसार मतदान गर्ने प्रतिवद्धता विज्ञप्तिमार्फत व्यक्त गरेका छन्।

उनी बागलुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा ‘ख’ बाट निर्वाचिन सांसद हुन्।

Logo