कोरोनासँग लड्नु सबैको साझा दायित्व : उपप्रधानमन्त्री पोखरेल

कोरोनासँग लड्नु सबैको साझा दायित्व : उपप्रधानमन्त्री पोखरेल


नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए। अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको उनको भनाइ थियो। स्थानिय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्यसँग नहेर्न पनि आग्रह गरे। 

अहिले जनता आफैं पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए। सरकारले परिस्थितिको गम्भिरतालाई बुझेर अभिभावकिय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे।

Logo