अस्पतालमा भेन्टिलेटर र आइसियु अभाव हुनु सरकारको चरम लापरबाही: देउवा

अस्पतालमा भेन्टिलेटर र आइसियु अभाव हुनु सरकारको चरम लापरबाही: देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरबाही र असंवेदनशीताका कारण अस्पतालहरूमा भेन्टिलेटर र आइसियु कक्षहरूको अभाव भएको बताएका छन्।

कोभिड संक्रमितको संख्या दिनानुदिन बढीरहेको भन्दै उनले भेन्टिलेटर र आइसियु कक्षहरूको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह पनि गरे।

काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले संक्रमण यही गतिमा फैलिने हो भने देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै त्यसतर्फ सरकारलाई ध्यान दिन सुझाएका छन्।

सरकारले पूरा नभएको आयोजना उद्घाटन गरेर भिड्भाड गरेको कुनै ठोस काम पनि नगरेको आरोप लगाए।

उनले मजुदरसँगै विपन्न नागरिक र साना व्यवसायीलाई राहत उपलब्ध गराउन पनि माग गरे। उनले कोभिड संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन्।

Logo