लुम्बिनी प्रदेश: मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त


लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।

नेकपा (एमाले) का संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको हो। उनले आजै बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

Logo