संसद्को विशेष अधिवेशन डाक्ने अधिकार २५ प्रतिशत सांसदलाई मात्रै छ: देव गुरुङ

संसद्को विशेष अधिवेशन डाक्ने अधिकार २५ प्रतिशत सांसदलाई मात्रै छ: देव गुरुङ


नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रतिकूल ढंगले संसद्को विशेष अधिवेशन डाक्न लगाएको बताएका छन्।

संसदमा रहेका २५ प्रतिशत सांसदले मात्रै संसद्को विशेष अधिवेशन बोलाउन आह्वान गर्ने व्यवस्था संविधानमा रहेको उनले बताएका हुन्।

सरकारले संसद्को नियमित अधिवेशन मात्रै डाक्न पाउने उनको दावी छ। ‘संवैधानिक व्यवस्थाअनुसार सरकारले संसद्को नियमित अधिवेशन डाक्न पाउँछ। त्यो व्यवस्था छ। विशेष अधिवेशन डाक्ने व्यवस्था छैन’, प्रमुख सचेतक गुरुङले समर्थन फिर्तापछि पत्रकारहरूसँग भने, ‘विशेष अधिवेशन त २५ प्रतिशत सांसदहरूले मात्रै डाक्ने व्यवस्था हो। त्यो भएकोले संविधान प्रतिकूल ढंगले उहाँले कदम चाल्नुभयो।’

उनले ओली नेतृत्वको सरकार निरन्तर रहिरहेको अवस्थामा राष्ट्रियता, लोकतन्त्र, जनजीविकालगायत सबै मुद्दामा गम्भीर खतरा पर्दै गएर राष्ट्रिय स्वाधिनताकै मुद्दा पनि खतरामा पर्न थालेको आरोप लगाए।

त्यही भएर ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपरेको स्पष्ट उनले पारे।

Skip This
Logo