प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओली आज एकाएक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । 

एमालेका केही नेताहरुसहित उनी देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्। 

एमाले अध्यक्षसमेत रहेका ओलीसँग महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि गएका छन्। 

वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । तर उनीविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यस लगत्तै ओली आज देउवा निवास पुगेका हुन्।

वर्तमान राजनीतिमा ओली-देउवाको भेटलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । 

Logo