आज एमाले स्थायी कमिटी बैठक बस्दै

आज एमाले स्थायी कमिटी बैठक बस्दै


नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान बैठक बस्न लागेको हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । तर उनले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ । 

यसै सन्दर्भमा बस्न लागेको एमाले स्थायी कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ । 

Logo