सरकारका उपलव्धिहरू आफैं बोल्छन्, मैले केही भन्नै पर्दैन: प्रधानमन्त्री

सरकारका उपलव्धिहरू आफैं बोल्छन्, मैले केही भन्नै पर्दैन: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन्। उनले आफूमाथि सदनको विश्वास रहेको पुष्टि गर्न आवश्यक ठानेर विश्वासको मत मागेका हुन्।

सरकारलाई विश्वास गर्न नसकिने कुनै कारण नभएको पनि उनले बताए।

राट्रिय हितको रक्षा र सम्बर्द्धनको सन्दर्भमा, स्वाधिनताको व्यवहारिक कार्यान्वयनको सन्दर्भमा, भौगोलिक अखण्डताको रक्षा गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने कुनै कसर बाँकी नराखेको दावी गरे।

सरकारका उपलव्धिहरू आफैं बोल्ने पनि उनले बताए। तर,आफ्ना स्वार्थबाट निर्देशित हुँदै विचार र आग्रहमा टेकेर सांसदहरूले विश्वासको मत नदिनेमा विश्वास नरहेको बताए।

उनले संविधानलाई आधारभूत रूपमा कसैले अस्वीकार गर्ने अवस्था नरहेको पनि बताए।

बरु संशोधन नै गर्नुपर्ने भए कहाँ कहाँ संशोधन गर्नुपर्छ भन्ने निक्र्योलका लागि कार्यदल बनाउन सकिने उल्लेख गरेका छन्।

संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै औचित्य र आवश्यकताको आधारमा संशोधन गरिने बताए।

प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पृथकतावादको विचार बोक्ने पक्षलाई पनि संविधानको दायरामा ल्याएको पनि दाबी गरेका छन् । 

Logo