जसपाको उपेन्द्र-बाबुराम पक्षले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

जसपाको उपेन्द्र-बाबुराम पक्षले बोलायो केन्द्रीय कार्यकारिणी बैठक


जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो। स्रोतका अनुसार यस बैठकले महन्थ ठाकुर पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना छ।

पछिल्लो समय जनता समाजवादी पार्टी औपचारिकरुपमा दुई पक्ष भएको छ। वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको संसदमा पनि महन्थ ठाकुर पक्ष तटस्थ बसेको थियो भने उपेन्द्र पक्षले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हालेको थियो।

यता बिहीबार बसेको महन्थ ठाकुर पक्षको एकल बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यसयता जसपा विभाजनको अवस्थामा पुगेको सहजै अनुमान लगाउन सकिन्छ।

Logo