1
1

देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन: कांग्रेस नेता सिंह

1
1
1

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधाधनमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले सनक र अंहकारले प्रतिनिधिसभा विघटन गराएको आरोप लगाएका छन् । उनले जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा जनताको जीवनरक्षा रहनु पर्नेमा प्रधानमन्त्रीको अविवेकी शैलीलाई देश र जनताले क्षमा दिन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार भएको उनको आरोप थियो ।

उनले भनेका छन् ,

नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो। तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ। 

अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् । 

जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीका बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवीयताले दिनसक्छ। यो निकृष्ट कर्म हो। प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार  गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भर्त्सना गरेपनि कम नै हुन्छ। देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु। बाचौं र बचाऔं।

प्रकाशित: ८ जेठ २०७८ ०९:१० शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी