केपी ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो: संविधानविद् आचार्य

केपी ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो: संविधानविद् आचार्य


संविधानविद् डा.भीमार्जुन आचार्यले भारतलाई लक्षित गर्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउने खतरा रहेको औंल्याएका छन्।

सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा ओलीमा देखिएको उनको भनाइ छ। एउटा नेता भन्दा देश ठूलो भएको भन्दै त्यसतर्फ होसियार हुन जरुरी रहेको पनि उनले बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा सोमबार उनले भनेका छन्, ‘यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ, त्यसलाई सफल हुन नदिउँ।’

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि संविधानविद् आचार्यको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिलेर नेपाललाई फिजीको नियतीमा पुर्याउने अवस्था देखिएको बताए।

राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेर जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशपछि जन्मसिद्ध नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउने छन् र बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट पनि वंशजको आधारमा नागरिकता दिइने छ। विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्न नपर्ने भएको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा ओली के भनेका थिए?

... नागरिकता नेपालीले पाउनुपर्छ। उहिले उहिले रानीको जन्म दिवसमा केटाकेटीलाई स्कुलमा चक्लेट बाँडिन्थ्यो। नागरिकता चक्लेट होइन, …आए जतिलाई दिँदै जाने। (हुटिङसहित ताली)

हरेक नेपाली जनतालाई नेपाली नागरिकता दिनुपर्छ सरकारले, दिइने छ नागरिकता, कुनै समस्या छैन।

वैवाहिक अंगिकृतलाई भारतमा सात वर्ष यता नागरिकता मिल्दैन। हामी आउने बित्तिकै उसैबेला नागरिकता दिन्छौं। तर, मन्त्री हुन ५ वर्ष पर्खिनुपर्छ।

मधेसी मोर्चाको यत्रो रडाको के मा छ भने, हामीले उता (भारत) बाट ल्याएका बुहारीले किन पर्खिने? बिहे गरेको भोलिपल्ट मन्त्री बनाउन पाउनुपर्छ। अहिले पनि १२/१३ जना बुहारीहरू सांसद हुनुहुन्छ। एउटी बुहारी मन्त्री हुनुहुन्छ। नेपाली कांग्रेसको नेता नै हुनुहुन्छ। ज्वाइँहरूको कुरै नगरौं। भरमारै छ। (फेरि हाँसो) 

अब त्यति भयो भयो, नेपालीले हुन नपाउने? उतैबाट ल्याउनुपर्ने माग के हो यस्तो? त्यसकारण यो पनि ठीक छैन। यो स्वीकार्न सकिँदैन। संसारमा कहीँ पनि हुँदैन आइपुग्ने बित्तिकै नागरिकता दिने। कहीँ हुँदैन संसारमा। 

याे पनि

'प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गरे' : संविधानविद् डा.आचार्य

Logo