एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, भट्ट सरकार धरापमा

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, भट्ट सरकार धरापमा


नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। 

बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएसँगै भट्ट अल्पमतमा परेका छन्।

संवैधानिक व्यवस्था अनुसार अब भट्टले १ महिनाभित्र बहुमतसिद्ध गरेर विश्वासको मत लिनु पर्छ। नभए सुदूरपश्चिम प्रदेशमा सरकार परिर्वतन हुनेछ।

यस्तो छ अंकगणित
सुदुरपश्चिम प्रदेश सभामा ५३ जना सांसद रहेका छन्। प्रदेशसभामा एमालेका २५, माओवादीका १, कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन्। 

मुख्यमन्त्री भट्टलाई सरकार जोगाउनका लागि २७ जना सांसदको आवश्यकता पर्दछ । मुख्यमन्त्री भट्टले सरकार जोगाउनका लागि कांग्रेस र जसपासँग सत्ता सहकार्य गर्नुपर्ने देखिएको छ।

तर, जसपा पनि आन्तरिक कलहको शिकार भएका कारण जसपाले समर्थन गर्नेमा शंसय पैदा भएको छ। सरकार बनाउने बलियो सम्भावना नेकपा एमाले र जसपाका विपक्षी गठबन्धनको छ।

तर, नेकपा एमालेले आज माधव पक्षका ११ जनालाई कारवाही र १२ जना स्पष्टीकरण सोधेको हुनाले नेपाल पक्षले ओली पक्षलाई सहयोग गर्छ भन्ने एकिन छैन। 

सुदूरपश्चिम प्रदेशमा माधव नेपाल पक्षको बहुमत छ। कर्णाली प्रदेशमा जस्तो एमाले माधव पक्षले फ्लोर क्रस गर्ने सम्भावना बलियो रहेको छ।

यदि माधव नेपाल पक्षले फ्लोर क्रस गरे कर्णाली प्रदेशका मुख्यमन्त्री जस्तै भट्ट सरकारमा टिक्ने सम्भावना छ।

Logo