लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन आज, कसले मार्ला बाजी?

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन आज, कसले मार्ला बाजी?


लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको खुलातर्फको एक सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ।

बिहान ९ बजेबाट मतदान सुरु हुनेछ। मतदानमा सहभागी हुनेका लागि कोभिड परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु हुने मतदानमा संक्रमितका लागि छुट्टै मतदानस्थल बनाइएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्। एमालेको माधव नेपाल समूहले पनि पाण्डेलाई नै समर्थन गर्ने जनाएको छ।

लुम्बिनी प्रदेशका मतदाता प्रदेश सांसदको संख्या ८३ छ। यस्तै स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय पुगेका छन्। स्थानीय तहबाट लुम्बिनीमा २१७ मतदाता रहेका छन् छन्।

राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको  मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको १८ कायम हुनेछ।

यस अघि जेठ ६ गते बाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यकै उपनिर्वाचन भएको थियो । जसमा खिमलाल देवकोटा विजयी भएका थिए । 

Logo