लुम्बिनी प्रदेशः राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

लुम्बिनी प्रदेशः राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी


लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी भएका छन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पाण्डे चार हजार १४० मतभारसहित विजयी भएका हुन्। 

प्रतिद्वन्द्वी चन्द्रबहादुर खड्कालाई पराजित गर्दै उनी विजयी भएका हुन्। उनले यसअघि लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए।

माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरेका थिए ।

उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार पाए। महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीको समर्थनमा उम्मेदवार बनेका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ मतभार पाएका थिए ।

Logo