योगेश भन्छन् : खोपका लागि राष्ट्रपति भण्डारीको सक्रियतालाई अन्यथा मान्न हुन्न

योगेश भन्छन् : खोपका लागि राष्ट्रपति भण्डारीको सक्रियतालाई अन्यथा मान्न हुन्न


एमाले एकता जोगाउन सक्रिय दोस्रो तहका एक जना नेता योगेशकुमार भट्टराईले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई अन्यथा मान्न नहुने बताएका छन्।

कार्यकारी प्रमुख जसरी राष्ट्रपति भण्डारी सक्रिय भएर खोपका लागि बिन्ती गरेको संविधानविपरीत भन्दै चर्को आलोचना भइरहँदा भट्टराईको अभिव्यक्ति सार्वजनिक भएको हो।

उनले ट्वीट गर्दै मंगलबार भनेका छन्, ‘सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थ परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न।’
राजनीतिक विषयमा भने संविधानले नै राष्ट्रपतिको अधिकार र सक्रियतामाथि सीमा लगाइदिएको बताएका छन्।

राष्ट्रपति भण्डारीले केही दिन यता विभिन्न देशका प्रमुखलाई पत्राचार गर्दै कोभिडविरुद्धको खोपका लागि याचना गरेका छन्।

कार्यकारी प्रमुख रहेको प्रधानमन्त्री केपी ओलीले त्यसरी याचना गर्नुपर्नेमा उल्टो राष्ट्रपति भण्डारीले याचना गर्नु संविधानविपरीत भएको भन्दै विरोधको स्वर सुनिएको छ।

Logo