असल राजनीतिक संस्कार देखाउँदै बिदा भए मन्त्री ज्ञवाली, पार्टीलाई मात्र बुझाए ९ लाख लेभी

असल राजनीतिक संस्कार देखाउँदै बिदा भए मन्त्री ज्ञवाली, पार्टीलाई मात्र बुझाए ९ लाख लेभी


३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका प्रदीप ज्ञवाली शुक्रबार ओली नेतृत्वको क्याविनेटबाट बाहिरिएका छन्। पदमुक्त भएपछि ज्ञवालीले एउटा असल राजनीतिक संस्कार पनि छोडेका छन्।

पदमुक्त भएपछि वीरलै मात्र पाइने यस्तो नैतिक आचरण ज्ञवालीले देखाउँदा उनको अहिले चौतर्फी तारिफ पनि भएको छ।

त्यस्तो के संस्कार छोडे त निवर्तमान मन्त्री ज्ञवालीले?

पदमुक्त भए लगत्तै निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो आम्दानी÷खर्चको जानकारी गराएका छन्। सामाजिक सञ्जालमा ज्ञवालीले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत छ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु।’

त्यस्तै मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको पनि ज्ञवालीले बताएका छन्।

त्यसो त यस्तो असल राजनीतिक संस्कार वीरलै नेताहरुमा मात्रै पाइन्छ, त्यसको पछिल्लो उदाहारण ज्ञवाली बनेका छन्। पूर्वमन्त्री ज्ञवालीले पार्टीलाई लेभी बुझाएको रकमको फेहरिस्त पनि सार्वजनिक गरेका छन्।

‘यस अवधिमा मेरोतर्फबाट विदेश भ्रमणबापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरि जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ।’ ज्ञवालीले लेखेका छन्।

त्यस्तै आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) मन्त्रालयलाई नै फिर्ता गरि पुल्चोकस्थित सरकारी निवास आज छोड्दैछन्। उनले मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई धन्यवाद पनि दिएका छन्।

Logo