कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ २४ गतेका लागि आह्वान

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ २४ गतेका लागि आह्वान


कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ। कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।
 
नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख कलौनीले २४ गते दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्। बिहीबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले सरकारले असार १ गते ल्याउने बजेट ल्याउनु १५ दिनअघि प्रि–बजेटको सैद्धान्तिक तथा प्राथमिकताका बारेमा छलफल नगरेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अधिवेशन बोलाउन आग्रह गरेका थिए। 

उनीहरुले प्रदेश सरकारले नीति तथा कार्यक्रम (बजेट अधिवेशन) नगरी एकैचोटि बजेट ल्याउन लागेको आरोप लगाएका थिए। आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली सरकारले करिब ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिएका छन्।

Logo