कर्णाली सरकारमा कांग्रेसको ईन्ट्री, दुई मन्त्रीले लिए सपथ

कर्णाली सरकारमा कांग्रेसको ईन्ट्री, दुई मन्त्रीले लिए सपथ


कर्णालीमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई प्रदेश सांसदलाई सरकारमा सहभागि गराएका हुन्।

सरकारमा दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन्।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।
पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ।

कर्णालीमा कांग्रेस सरकारमा सहभागि हुने यस अघिनै टुंगो भएपनि भागवन्डा नमिलेकाले त्यसो हुन सकेको थिएन।

Logo