नेपाल-खनाल पक्षको बैठक आज बस्दै, ओलीको प्रस्तावबारे साझा धारणा सार्वजनिक गर्ने

नेपाल-खनाल पक्षको बैठक आज बस्दै, ओलीको प्रस्तावबारे साझा धारणा सार्वजनिक गर्ने


एमालेको नेपाल-खनाल पक्षको बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष  केपी शर्मा ओलीले एकताका लागि आइतबार साँझ ६ बुँदे शर्तसहितको प्रस्ताव गरेपछि यस बारेमा साझा धारणा बनाउन बैठक बस्न लागेको हो।

ओलीले गरेको प्रस्तावलाई केही नेताहरुले सकारात्मकरुपमा लिएका छन् भने केहीले अल्मल्याउने प्रयास भएको आरोप लगाइरहेका छन् । तर यस पक्षले औपचारिकरुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन। 

यसकै लागि बैठक बस्न लागेको स्रोतले बताएको छ । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ।  

Logo