माधव पक्षले मतदान गर्दा त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त

माधव पक्षले मतदान गर्दा त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा विश्वासको मत पाएका छन्।

३९ जनाले मतदान गरेकोमा भट्टले ३० मत पाए। उक्त मत माओवादी केन्द्र, कांग्रेससँगै नेपाल पक्षका सांसदहरूको हो।

विपक्षमा मतदान भएको ९ मत एमालेको ओली पक्ष र जनता समाजवादी पार्टीका सांसदहरूको हो।

१२ जना सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्। यससँगै मुख्यमन्त्री भट्टको पद जोगिएको छ। उनी नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ।

एमालेको ओली पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्ट सदनको विश्वास आफूमाथि भए÷नभएको परीक्षण गर्न विश्वासको मत लिन बाध्य भएका हुन्।

अन्ततः विश्वासको मत पाएसँगै उनले कांग्रेस र एमालेको माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार बनाउने भएका छन्।

Logo