एमाले नेतृत्वमा संवाद हुँदैन भने दोस्राे तहका नेता जूटेर जान चाहान्छन्

एमाले नेतृत्वमा संवाद हुँदैन भने दोस्राे तहका नेता जूटेर जान चाहान्छन्


एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ‘लिखित वार’ चलेपछि दोस्रो तहका नेताहरू पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्तामा जुटेका हुन् ।

आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता समूहका ४/४ जना नेता ललितपुरको समिट होटलमा दुबै छलफलमा जूटेका हुन् । 

आइतबार अध्यक्ष ओलीले ६ बुँदे सर्तसहित झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पार्टी एकताका लागि आव्हान गरेका थिए । त्यसको भोलिपल्ट सोमबार वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई जवाफ दिदै पुनः ६ बुँदे प्रस्ताव स्मरण गराएका थिए ।ओली र नेपालबीचकाे 'लिखि वार'पछि दुवै पक्षका दोस्रो तहका नेता पुन: सक्रिय बनेका हुन् । 

आजकाे छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन् ।  नेपाल समूहका तर्फबाट घनश्याम भुसाल,  सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी छन्।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किएको एमालेमा अध्यक्ष ओलीले सो फैसलाविपरीत निर्णय गर्दै अघि बढेकाले त्यसलाई सच्याउनुपर्ने माधव नेपाल पक्षको अडान छ । साथै फागुन २३ पछि एमालेका नाममा भएका निर्णय खारेज गर्नुपर्ने तथा दोस्रो पटकको संसद विघटनप्रति ओलीले आत्मालोचना गर्नुपर्ने खनाल नेपाल समुहको प्रस्तावप्रति ओली सकारात्मक बन्न सकेका छैनन् ।

पार्टी फुटकाे डिलमा पुगेको भए पनि नेपाल र ओली समूहका दोस्रो तहका नेताहरु भने अझै एकता कायम गर्न सकिने भन्दै संवाद गर्दै आएका छन्।

Logo